महेश वस्नेत इलाम नगरपालिकाको प्रमुख पदको उम्मेद्धार चयन

img-featured

इलाम एफ.एम.को माउ संस्था,माइपोखरी संचार सहकारी सस्था लि.इलामका अध्यक्ष महेश बस्नेत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिकाको प्रमुख पदमा उम्मेद्धार  चयन हुनुभएको छ ।इलाम जिल्लामा पहिलो पटक विधुतीय संचार माध्यम इलाम एफ.एम.९३ मेगाहर्ज स्थापना गरी पूर्वाञ्चलका आम जनतालाई संचारको सुविधामा पहँुच पु¥याउन योगदान गर्नुभएका वस्नेत , ने.क.पा. एमाले जिल्ला कमिटि सचिव रहनुभएको छ । बस्नेतले इलाम नगरको समृद्धि र विकासका लागि पुनः नगर प्रमुख पदमा उमेद्धार बन्नुभएको हो  । वस्नेत यस अघि इलाम नगरपालिकाको मेयर भै २०५४ देखि २०५९ सम्म कार्यकाल पुरा  गरिस्रक्नु भएको छ

विगतको नगरपालिका (वस्नेतको कार्यकाल अघि)

       २०१५ सालमा स्थापना भएको  इलाम नगरपालिकामा  ७ वडा कायम रहेको ।
      २०१९ सालको नगरसभाले करीव ८०००।–वरावरको आय व्यय सार्वजनिक गरेको थियो ।
    राजनैतिक परिवर्तन , संक्रमण व्यवस्थापन का कारण कुनै किसिमको वजेट नीति तथा कार्यक्रम विना नगरपालिका वा तात्कालिन नगरपञ्चायत संचालनमा रहेको ।
     आ.व.२०२०÷०२१ साल देखि प्रधान पञ्चहरु नियुक्त हुन थालेको , वजेट वनाई खर्च गर्ने प्रयास गर्न थालेको । नगरको आन्तरिक स्रोत भनेको रेडियो ,वन्दुक लाइसेन्स नबिकरण दस्तुर , कान्जी हाउस  वाट प्राप्त हुने रकम , वजार कर प्रमुख रहेको र सरकारवाट प्राप्तहुने अनुदान २०,०००।०० भन्दा घटी रहेको ।
       विकास निर्माण र पूंजीगत खर्च भनेको श्रमदान र नगरका स्वीपर कर्मचारीहरुले सिक्कल , कोदालो, कुटे लिई वडादशैंको छेक पारि नगर भित्रका वाटोघाटो सफाई गर्ने गरेको । कार्यालय सञ्चालन र प्रशासनिक खर्च पूंजीगत खर्च भन्दा वढी रहेको ।
       वि.सं. २०३८ सम्म नगरपालिकाको कूल आय व्वयको अनुमान रु .५०००००।०० मात्र रहेको
       २०३८ सालमा निर्वाचित प्रतिनिधिहरुले तत्कालिन ऐन नियम नीति र कानुन वमोजिम वजेट नीति तथा कार्यक्रम ल्याएको,मुद्रास्फिती दर समेतलाई  हेरि गर्न खोजिएको तर कार्यान्वयनमा पक्षमा वजेट अनुसार हुन नसकेको ।
       २०४३ पछिको जनप्रतिनिधिहरुले रु.५९,००००।०० सम्मको वजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कार्यान्वयन चरणमा तिव्रता आउन नसकेको , विकास निर्माणको सवालमा जनप्रतिनिधीहरु उदासिन भई प्रशासनिक खर्च मात्र भएको ।
       प्रजातन्त्रको पुःनस्थापना पश्चात गठित नगरपालिकाले पनि विकास निर्माण र नगर समृद्धिका लागि ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेको , नगरको आर्थिक एवं वित्तीय विकासका लागि ठोस कदम नचालेको , योजना तथा कार्यक्रम आफ्ना कार्यकर्ताको भरण पोषणका लागि मात्र लक्षित रहेकोले आम नगरवासीले विकास महसुस गर्न नसकेको । नगरको राजश्व बृद्धि हुने विद्यमान अवस्था रहंदा रहंदै पनि  बृद्धि गर्न असक्षम रहेको ।
    बस्नेतको कार्यकालमा विकास निर्माणहरु के के भयो त ?

    तात्कालिन नगरपालिको काम कार्यवाहि, विकास निर्माण , वजेट नीति तथा कार्यक्रम र आमुल परिवर्तन ।
    दिर्घकालीन नाराः “स्वस्च्छ शैक्षिक जागरण र पर्यटनको पूर्वाधार इलाम नगरपालिकाको आधार”मुल नारा अगाडि सारियो ।
    प्रशासनिक संगठन सुदृढिकरण ।
    .प्रशासनिक अनुशासन ।
    .विभिन्न शाखा÷उपशाखाहरुमा उचित एवं दक्ष जनशक्तिको व्यवस्थापन ।
    .इलाम नगरपालिकालाई नगरपालिका महासंघको सदस्यता प्रदान गर्न सफल ।
    .कर्मचारी एवं आफु मातहतको जनप्रतिनिधी वीच विभेद रहित व्यवहार र सम्मान
    .वजेट नीति तथा कार्यक्रम , स्थानीय स्वायत्त शासन ऐन तथा नियमावली अनुसार  प्रस्तुत ।

विकास निर्माण ः

      वजेटको आकार २ करोड १८ लाख सम्म ।
      आ.व. ०५४÷०५५ देखिनै हालको  उउउ अवधारणा अनुसार निजी क्षेत्रको साथ नगर विकास कार्यक्रम ल्याई नगरपालिका अन्तर्गत रहेका जग्गाहरुमा नीजी क्षेत्रलाई आह्वान गरि ८३ वटा सटरपसल कवल निर्माण , तात्कालिन अवस्थामा भाडा वाट उठ्दै गरेको रु .३५०००।०० रकम वृद्धि भई हाल ६३ लाख सम्मको आन्तरिक आयमा बृद्धि । यसका कारण उद्यम व्यवसाय र रोजगारीमा वृद्धि ।
     नगर विकास कोषमा विश्वशनिय पहल गरि अनुदान सहयोगमा  १६२ वटा निजी शुलभ शौचालय,४ वटा सार्वजनिक शौचालय ,भगवती मा.वि. भवन निर्माण लगायतका पूर्वाधारहरु निर्माण ।
      गौतमवुद्ध सभागृह निर्माणको शरुवात
      तात्कालिन इ.न.पा. वडा नं. ३,४,५,६,र ७ मा वडा कार्यालयहरु निर्माण ।
     आफ्नो पदावधि ५ वर्ष सम्म पाउने पारिश्रमीक नलिई सो पारिश्रमीकले तात्कालिन वडा नं. ६ मा ३१ रोपनी जग्गा खरिद गरि त्यहां स्थित सुकुम्वासीहरुलाई ८ आना देखि १ रोपनी सम्म वितरण र सिंहदेवी प्रा. वि.लाई ५ रोपनी जग्गा प्रदान ।
       आफुृ वाहाल भएको प्रथम वर्ष आन्तरिक आयमा ११७ प्रतिसतले वृद्धि ।
        तात्कालिन इलाम नगरपालिकाको सवै वडाहरुमा करीव ४२ कि.मी मोटरेवल वाटो निर्माण र स्तरोन्नती ।
       इ.न.पा. २ वसपार्क कङ्क्रीट र कालोपत्रे कार्य ।
       इलाम नगरपालिका नयाँवजार टेक्सी स्टेण्ड निर्माण र सञ्चालन ।
       असहाय गरिव परिवारलाई लक्षित गर्दे आवास योजना अन्तर्गत प्रति परिवार ३ वण्डलका दरले वडा अध्यक्षहरुको सिफारिशमा कर्कटपाता वितरण ।
       खानेपानी सञ्चालनको नाफा वजेट वाट नगरपालिकामा आर.सी.सी भवन थप निर्माण ।
       विपन्न सुत्केरी महिलाहरुका लागि आवश्यक कपडा र पोषण युक्त खाद्य सामाग्री वितरण कार्यक्रम ।
       नगरपालिका स्थित विभिन्न धार्मिक स्थलहरु तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण सम्बद्र्धन एवं व्यवस्थापनका लागि धार्मिक क्षेत्र विकास समितिहरुको गठन र अरनिको साँस्कृतिक संग्रहालयको स्थापना , मदन आश्रित वाचनालयको स्थापना ।
       तात्कालिन सरकार र नगरपालिका विच इलाम खानेपानी आयोजना संझौता भई इलाम नगरपालिकालाई हस्तान्तरण – मिति २०५५ आश्विन २२ गते ) हाल खानेपानी संचालन वाट तात्कालिन रु. ५ लाख वाट हाल ८० लाख असूली हुनगई राजश्वमा उल्लेख्य बृद्धि ।
      खानेपानी हस्तान्तरण पश्चात निजी धाराहरु प्राप्ती प्रकृया सहज हुन गई उल्लेख्य मात्रामा घरनक्सा पासमा बृद्धि – शहरीकरण तिब्र ) ।