संचारकर्मी सृजना सम्मानित

img-featured

 इलाम एफ.एम.९३ मेगाहर्जमा कार्यक्रम उत्पादन तथा प्रस्तुती गर्दै आउनुभएकी सृजना श्रेष्ठ सम्मानित हुनुभएको छ । होटल एसोसिएसन इलामको पाँचौ जिल्ला अधिवेशनको अवसरमा पत्रकारीता मार्फत इलामको पर्यटन प्रवद्र्धनमा स्थानीय रेडियोको माध्यमवाट इलामलाई परिचित गराउने कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मानित गरेको हो
सम्मानित श्रेष्ठ विगत ७ वर्ष देखि इलाम एफ.एम.९३ मेगाहर्जमा हरित नगर,सहकारी,वलिउड संगालो लगायतका कार्यक्रम प्रस्तुत गर्दै आउनुभएको छ ।