आमा समूहद्धारा टोलको सरसफाइ

img-featured

घरेलु हिंसा,लागु पदार्थ तथा दुव्र्यसन विरुद्ध सचेतना अभिवृद्धि गर्दै टोललाई सफा राखौ भन्ने सन्देश सहित आज इलाम नगरपालिका ९ वडामा सरसफाई कार्यक्रमको आयोजना गरेको छ। 
इलाम नगरपालिका वार्ड नं.९ मा सक्रिय समुह महिला सचेतना आमा समुहले आज एक कार्यक्रम गरी आफ्नो टोलको सरसफाइ गरेको हो ।
 विभिन्न समयमा घरेलु हिंसा,लागु पदार्थ तथा दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम गर्दै आएको समुहले नियमीत टोल गस्ति समेत गर्ने गरेको समुहले आगामी दिनमा  सरसफाइ कार्यक्रमलाई पाक्षिक रुपमा अगाडी वडाउदै हरित नगर अभियानलाई सहयोग गर्ने योजना रहेको समुहकी सचिव पवित्रा ढकालले जानकारी दिनुभयो ।
हाल टोलबाट शुुरुवात गरिएको सरसफाई अभियानलाई वडा हुदै नगर सम्म लैजाने बताउदै वातावरणीय स्वास्थ्य भनेको मानव जीवनको पहिलो शर्त भएकाले यो कार्यका लागी सरकारी निकायको मुख ताक्ने हाम्रो संकारलाई हामीलेनै तोड्नु पर्छ भन्दै यस्ता कार्यका लागी सहयोग गर्न समुहकी अध्यक्ष प्रेम कुमारी गुरुङ्गले आग्रह गर्नूभयो ।