पत्रकार महासंघ इलाम शाखामा पहिलो पटक महिला अध्यक्ष

img-featured

नेपाल पत्रकार महासंघ इलाम शाखाको १० औँ अधिबेशनबाट कोकिला ढकाल  अध्यक्षमा निर्बाचित हुनुभएको छ । नेपालको इतिहासमा पहिलो पटक निर्वाचित महिला अध्यक्ष ढकाल प्रेस चौतारी अध्यक्ष समेत रहनुभएको छ । इलाम पोष्ट्र दैनिक पत्रिकाको सह(सहसम्पादक र इलाम आवाज साप्ताहिकको कार्यकारी सम्पादक समेत रहनुभएको ढकाल राजधानी दैनिक पत्रिका र कञ्चनजङगा एफएममा समेत कार्यरत रहनुभएको छ ।
        त्यस्तै पत्रकार महासंघको उपाध्यक्षमा सुजन तिमल्सिना र महिला उपाध्यक्षमा  कौशिला खिम्दुङ्ग राई चयन हुनुभएको छ सचिबमा ख्याम भुजेल, सह–सचिबमा राजेश पराजुली र समावेशि तर्फवाट भने बलराम बराईली र कोषाध्यक्षमा  जय राईचयनहुनुभएको छ । त्यस्तै सदस्यहरुमा ठाकुर श्रेष्ठ, साबित्रा गुरागाई, नमीन ढकाल, गोपाल निरौला, दिनेश महत, र दिवाकर भण्डारी र समावेसी तर्फवाट सदस्यमा शन्तोष नेम्बाङ्ग, योगेन्द्र शंकर र बुद्धमाया सोङमी चयन हुनुभएको छ ।
    अधिबेषनबाट १४ सदस्य केन्द्रीय सभासद र १८ सदस्य प्रदेश  सभासद् समेत चयन गरेको छ । केन्द्रीय पार्षदमा सुष्मा श्रेष्ठ, डिल्ली चापागाईं,इन्दिराकुमारी घिमिरे, रीता राई, सटेन्द्र जबेगू, भीम चापागाई, प्रकाश अधिकारी,  बुद्धिप्रसाद खनाल, रोहितचन्द्र भट्टराई, बिमल दाहाल, लक्ष्मीप्रसाद मिश्र, राजकुमार दाहाल, अशोक कुमार प्रधान र मोहनमान श्रेष्ठ रहेका छन् ।
    त्यस्तै गरी प्रदेश सभासदहरुमा कुमार गुरुङ्ग, भीम संगम कार्की, सुमन राई, गोबिन्द लामिछाने, अमृत सुब्बा, सोम सुनुवार, नवराज बर्देवा, मङगेस खालिङ्ग, सुमन लावती, याम मावोहाङ लिम्बु रहेका छन् । त्यस्तै मिलन आचार्य,बिचारसिंह लावती, सोमनाथ शर्मा, कमला भट्टराई, बिष्णुकान्त भट्टराई,युवराज पिसी, फणिन्द्र संगम सापकोटा र प्रेम भण्डारी रहेका छन् ।
  गत फाल्गुण ७ र ८ गते  केन्द्रिय प्रतिनिधि खगेन्द्र पन्तको प्रमुख आतिथ्यता तथा महासंघ जिल्ला शाखा  अध्यक्ष रोहित चन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नगरपत्रकारिता पुरस्कारवाट इलाम एफ.एफ.का सन्तोष नेम्वाङ्ग र नेपाल वाणि एफ.एम.का गणेश घिमिरेलाई पुरस्कृत गरीएको थियो ।