दुई पत्रकारलाई पुरस्कार

img-featured

इलाम एफ एमका स्थानपनाकालदेखि कार्यक्रम प्रस्तोता तथा समाचार बाचकको रुपमा कार्यरत कौशीला राई सहित दुई जनालाई इलाम नगर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हिजो भएको एक समारोहबीच कौशीला राई सहित पत्रकार टिका खतिवडालाई सो पुरस्कार प्रदान गरिएको हो । खतिवडा चियाबारी दैनिकका कार्यरत हुनुहुन्छ । इलाम नगरपालिका कार्यालयको आयोजना तथा नेपाल पत्रकार महासंघ इलाम शाखाको समन्वयमा बर्षेनी प्रदान गरिदै आएको जनही सात हजार पाँच सय रुपैयाँ राशी सहितको पुरस्कार इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल प्रदान गर्नुभयो । इलाम नगरपालिका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत पत्रकारहरुले पुरस्कारले जिम्मेवारी पुर्वक पत्रकारिता गर्न हौसला मिलेको बताएका थिए । कार्यक्रमका जिविस इलामको योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडा, नेपाल पत्रकार महासंघका अध्यक्ष रोहीतचन्द्र भट्टराई, महासंघका पुर्व अध्यक्ष सटेन्द्र जवेगू, प्रेस चौतारी इलामकी अध्यक्ष कोकिला ढकाल, प्रेस युनियनका इलाम अध्यक्ष तोयानाथ ढकालले पुरस्कृत द्वयलाई बधाई दिदै दशै, तिहार र छटको शुभकामना ब्यक्त गरेका थिए ।