इलामलाई दुधमा आत्मनिर्भर घोषणाको तयारी

दुग्धजन्य पर्दाथ उत्पादनका लागी अग्रणी मानिएको इलामलाई दुधमा आत्मनिर्भर जिल्ला बनाउने तयारी थालिएको छ । पशुपंक्षी विकास मन्त्रालयले इलामलाई आत्मनिर्भर बनाउनका लागी कार्यविधी बनाइ जिल्ला पशुसेवा कार्यालयलाई पठाएपछि सोही कार्यविधीको अनुसार कार्यालयले काम अगाडी बढाएको होजिल्लाको जनसंख्या सहित गाइभैसीको संख्या संकलन गरी उत्पादित दुध कति घरायसी प्रयोजनका लागी खपत र विक्रीको तथ्याङक संकलित हुनुपर्ने कार्यविधीमा उल्लेख छ । त्यसै अनुसार सेवा केन्द्रहरु माार्फत तथ्याङक संकलन गर्न थालिएको छ । एक ब्यक्तिका लागि प्रतिवर्ष ९२ लिटर दूध आवश्यक हुन्छ । जिल्लामा रहेको आवश्यकता पुर्ति गर्ने सक्ने जिल्लाहरुलार्य आत्मनिर्भर जिल्ला घोषणा गर्न सकिने सुचक छ । इलाम जिल्लामा त्यो सूचक पुरा हुने बरिष्ठ पशु विकास अधिकृत पशुपति ढुङ्गनाले बताउनुभयो । इलाममा गत आर्थिक बर्षमा १ लाख २१ हजार ५ सय ६२ मेट्रिक टन दुध उत्पादन भएको थियो  ।