लुटपाटमा संलग्न पक्राउ

साकिरा टि स्टेट साखेजुङमा हरियो चियापती पु¥याएर फर्कदै गरेको गाडीमा लुटपाट गर्ने २ जनालाई पक्राउ गरिएको छ । कारखानामा चियापती पु¥याई फर्कदै गरेका सुलुवुङका विनोद खतिवडा र ठाकुर खतिवडाको साथबाट नगद १३ हजार ५ सय र २ वटा मोवाइल सेट लुटपाट गर्ने साखेजुङ ४ का सुरेश राई र साखेजुङ ६ का दिपक राईलाई इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी रक्सेको संयुक्त टोलीले पक्राउ गरेको हो । दिपकलाई शुत्रबार विहान १ बजे घरबाट र सुरेशलाई शुत्रबार विहान ९ बजे गाँउबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा बुझाइएको प्रहरी चौकी रक्सेका प्रहरी सहायक निरिक्षक अमर गुरुङले जानकारी दिनुभयो । मादक पदार्थ सेवन गरेका लुटेराहरुले विहिबार साँझ ९ बजे लुटपाट गरेका थिए ।