बृक्षारोपण सम्पन्न

 वन पैदावार व्यवसायी संघ केन्द्रिय कार्यालय इलामको आयोजनामा पुवामझुवामा बृक्षारोपण गरिएको छ । शारदा मावि पुवामझुवा–६ मा बृक्षारोपण गरिएको हो ।कार्यक्रम प्रमुख जिल्ला अधिकारी जनक राज दाहालको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष सोनाम छिरिङ काजीको अध्यक्षता भएको हो । कार्यक्रममा जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठ, संघका उपाध्यक्ष रोहित खडका, पुर्व कोषाध्यक्ष हरिकुमार पराजुली, देवेन्द्र मुखिया, जिवन वान्तवा, सुर्य प्रसाद राई, लगायतले बोल्नुभएको थियो ।धुपी, सल्ला, प्रिपी, साइप्रसा जातका २५ सय विरुवाहरु रोपिएको थियो । सोही समारोहमा विगत ४ बर्षदेखी विद्यालयको जग्गामा बृक्षारोपण गरी सहयोग गरेको भन्दै शारदा माविले वन पैदावार व्यवसायी संघलाई सम्मान समेत गरेको थियो । वन पैदावार ब्यवासयी संघले विद्यालयको २० रोपनी जग्गा लिजमा लिएर नर्सरी समेत स्थापना गर्ने तयारी गरेको छ ।