युवा दिवस मनाईयो

img-featured

विश्व युवा दिवसको अवसर शुत्रबार इलाममा विविध कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा शुत्रबार विहान इलामको ठूलो टुँिडखेलबाट प्रभातफेरी निकालिएको थियो । जिल्ला युवा समिति इलामको आयोजनामा सम्पन्न प्रभातफेरीले बजार परिक्रमा गरी चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । दिवसकै अवसरमा  हाफ म्याराथुन समेत सम्पन्न गरिएको छ । हाफ म्याराथुनको पुरुषतर्फ नेपाली सेनाका बलराम थापा पहिलो, नेपाली सेनाकै कृष्णबहादुर खड्का दोस्रो र आदर्श उच्च माविका विद्यार्थी निलम कुलुङ्ग राई तेस्रो भएका थिए । यसैगरी महिलातर्फ नेपाल प्रहरीकी अञ्जुकुमारी माझी पहिलो, आदर्श उच्च माविकी रिता कटुवाल दोस्रो र सोही विद्यालयकी सन्ध्या राई तेस्रो भएका छन्  । म्याराथुन दौडमा ४२ जनाको सहभागिता थियो । विजयी धावकहरुलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकरले नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।