शुल्क वृद्धिविरुद्ध यातायात व्यवसायी आन्दोलित

स्थानीय स्वायत्त शासन नियमावलीको ‘अपव्याख्या’ गर्दै इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। नगरपालिकाले निर्णय नसच्याएसम्म आन्दोलन नछाड्ने जनाएका व्यवसायीले आज इलाम बजार ९सदरमुकाम०मा सवारी साधन प्रवेश गराएनन् । नगरपालिकाले चालू आर्थिक वर्ष २०७३र०७४ मा लागू हुनेगरी सवारी साधनको पार्किङ शुल्क गतवर्षहरूभन्दा दोब्बर बनाएको भन्दै ट्याक्सी, जिप, बस, ट्र्याक्टर र पिकअप व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले हिजो नै संयुक्त विज्ञप्ति जारी गरी बिब्ल्याँटेतिरबाट आउने सवारीलाई धोविधारा तथा माइखोलातिरबाट आउनेलाई  किलोमिटरसम्म मात्र आउन दिएका हुन् । बजार आइपुग्नुअघि नै सवारी साधनले ओरालेपछि  यात्रु समस्यामा परेका छन् । गाडीमा बजारसम्म सामान लिएर आउने यात्रु डेढ किमी टाढैबाट सामान ओरालेर बोक्नुपर्दा ठूलो समस्यामा परेका छन् छन् ।नगरपालिकाले गतवर्ष जिल्लाबाहिर जाने गाडीलाई ५० रुपैयाँ लिने गरेकामा यो वर्ष ८७ रुपैयाँ ७५ पैसा लिइरहेको छ । बस, ट्रकलगायत ठूला गाडी र नेपाली पर्यटक सवारीलाई गतसाल ८५ रुपैयाँ लिने गरेकामा चालू वर्ष १ सय १३ रुपैयाँ पु¥याइएको छ । भारतीय गाडीलाई १ सयबाट बढाएर २ सय २६ रुपैयाँ, लोकल भ्यानहरूलाई २० बाट ३३ रुपैयाँ ९० पैसा, गाउँ जाने ट्र्याक्टर, पिकअपलाई ५० बाट बढाएर ८५ रुपैयाँ लिइरहेको छ ।