इलाममा रासायनि बिषादीको प्रयोग घट्दै

इलामलाई अग्र्यानिक जिल्लाका रुपमा विकास गर्ने नीति लिइएपछि रासायनिक विषादीको प्रयोग बर्षेनी घटदै गएको छ । कृषि विकास कार्यालय सहित इलामका सरकारी तथा गैर सरकारी संस्थाले रासायनिक विषादि घटाउने किसिमका कार्यक्रम शुरु गरेपछि विषादिको प्रयोग घट्दै गएको हो । इलामा अघिल्लो आर्थिक बर्ष २०७१÷०७२ मा जिल्लामा नौ सय ५२ लिटर झोल र सात सय ३३ केजी धुलो बिषादी भएको थियो । वितेको आव २०७२÷०७३ मा नौ सय सात लिटर झोल र छ सय ९७ केजी धुलो बिषादीमात्र प्रयोग भएको कृषि विकास कार्यालय इलामले जनाएको छ । रासायनिक विषादी प्रयोग घटदै गएपछि  जैविक बिषादीको प्रयोग बढ्दै गएको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक बर्ष २०७१÷२०७२ मा  चार  सय ६८ केजी झोल र चार सय ५२ केजी धुलो जैविक बिषादी प्रयोग थियो । वितेको आर्थिक वर्ष २०७२÷०७३ मा पाँच सय १३ लिटर झोल र चार सय ८८ केजी धुलो जैविक बिषादी प्रयोग भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक केशरबहादुर मग्रान्तीले बताउनुभयो । रासायनिक बिषादीले मानव स्वास्थ्य र जमिनको उर्वराशत्तीमा असर पुग्ने जानकारहरु बताउँछन् ।तर, एकै चोटी रासायनीक विषादीको प्रयोग निषेध गर्न समस्या भएकाले विस्तारै घटाउँदै लगेर शुन्यमा झार्नुपर्ने मग्रान्तीले बताउनुभयो । जैविक विषादीको माग निकै उच्च भएपनि कार्यालयले हाल भने अदुवा, धान, मकै, गहुँको विउ उत्पादनका लागीमात्र जैविक बिषादी वितरण गर्दै आएको छ ।