भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु इलाम

मेची राजमार्गको इलाम नगरपालिका सडक खण्डमा मारुती भ्यानको ठक्करबाट वीहिवार एक जना पैदल यात्रीको ज्यान गएको छ । मारुती भ्यानको ठक्करबाट मृत्यु हुनेमा इलाम नगरपालिका ८ की ६६ बर्षिय फुलमाया तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बिब्ल्याँटेबाट इलाम बजार आउँदै गरेको मे १ ज २३८२ नम्बरको मारुती भ्यानले इलाम नगरपालिका ८ गुम्बाडाडामा तामाङ्गलाई तिन बजेतिर ठक्कर दिएको ।भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी तामाङ्गको इलाम अस्पताल पु¥याउँदा ज्यान गएको छ । पैदलयात्रीलाई ठक्कर दिने भ्यान र चालक बरबोटे गाविस वडा नंम्बर २ का रोहन दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।