पाँचथर अदालतमा पहिलो पटक १४ जना दोभाषे नियुक्त

नेपाली भाषा नवुझ्ने सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै जिल्ला अदालत पाँचथरले विभिन्न समुदायका १४ जना दोभाषे नियुक्त गरेको छ ।नियुक्त गरिएका दोभाषेहरुमा लिम्बू, राई, मगर ,शेर्पा र अंग्रेजी भाषी छन । नेपाली भाषा वुझ्न र बोल्न नसक्ने सर्वसाधारणका भाषा उल्था गर्न दोभाषेले सहयोग पु¥याउने श्रेष्तेदार टेकेन्द्रविर राणाले जानकारी दिनुभयो । गत महिना सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरिएकोमा योग्यता पुगेका दोभाषेवाट प्राप्त आवेदन छानविन पछि छनौट गरिएका हरुलाई परिचय पत्र वितरण गर्ने तयारी भइरहको उहाँले जानकारी दिनुभयो ।