निर्माण ब्यवसायीबाट ५० हजार

img-featured

मृगौलाको समस्याबाट थलिएका इलाम नगरपालिका २ का मानबहादुर राई उपचारको लागि निर्माण ब्यवसायीसंघ इलामले ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । संघको तर्फबाट ब्यवसायी मनोज बुढाथोकिले सो रकम उपलब्ध गराउनुभएको हो । निर्माण ब्यवसायी संघका अध्यक्ष राजकुमार भक्तराज तथा पदाधिकारीले मानबहादुर थेपे उपचार सहयोग समितिका संयोजक हुकुम थेवेलाई रकम हस्तान्तरण गर्नुभएको छ । थेवेको उपचारका लागि देश विदेशबाट करिव छ लाख संकलन भईसकेको छ । थेबेको उपचारका लागि १२ लाख रुपैयाँ लाग्ने बताइएको छ । राईको आर्थिक अवस्था नाजुक भएकाले उपचार सहयोग समिति बनाएर रकम संकलन गरिदैछ ।