एमाले इलामले सार्वजनिक गरयो स्थानीय निकाय पुनरसंरचना

img-featured


इलाम जिल्लामा स्थानीय निकायको अवस्था कस्तो हुनुपर्छ भन्ने वारे आफ्नो अवधारणा एक कार्यक्रम विच  सार्वजनिकिकरण गरेको छ ।
ने.क.पा.एमाले इलामका पार्टी सचिव महेश बस्नेत तथा उप सचिव उमेश गुरुङ्गले प्रस्तुत गर्नुभएको खाकामा इलाम जिल्लामा ५ वटा नगरपालिका, ९ वटा गाउ पालिका र २ वटा संभावित नगरपालिका रहने गरी स्थानीय निकायको पुनर संरचना गर्नुपर्ने प्रस्ताप पारित गरेको जानकारी दिनुभयो ।
पुनर संरचनाको लागि भौगोलिक सामिप्यता र आवागमनको सुगमता र विकास ,वसोवास, प्रशासनिक पहँुच, व्यापारिक , व्यवसायिक सुगमता , प्राकृतिक श्रोतहरुको प्रयोगमा सरलता ,वसोवास तथा जनसंख्याको सन्तुलन, जनताको आयस्तर,ऐतिहासिक तथा भौगोलिक विशिष्ठताको समेत आधारमा स्थानीय निकायको खाका तयार पारिएको सचिव बस्नेतले जानकारी दिनुभयो ।
ने.क.पा.एमाले इलामले पार्टी सचिव महेश बस्नेतको संयोजकत्वमा गठन गरीएको स्थानीय निकाय पुनर संरचना आयोगमा भुगोल, समाजशास्त्र ,इतिहास तथा प्रशासनिक विदहरु समेतको सहभागितामा तयार पारिएको उत्त खाकाको वारेमा इलाममा सवै राजनितिक दल तथा सरोकार वालाहरुसंग छलफल गर्ने जानकारी दिइएको छ ।