इलाममा अर्किड फुलको आकर्षण वढेपछि शुरु भयो यसको अध्ययन

img-featured

 
फुलहरुको पनि राजा मानिने आकर्षक फुल अर्किड फूलको अध्ययन इलाम जिल्लामा गत सालदेखी थालिएको छ । यो वर्ष स्वदेशी शोभनिय फूल विरुवा अध्ययन अनुसन्धान जिल्ला शाखा इलाममा फूल अध्ययनको लागी ६० हजार बजेट छुट्टिएको छ ।  सोही बजेटले यो वर्षको अध्ययनमा ३ प्रजातिको र गतसालको अध्ययनमा ८ प्रजातिको बेम्बो, डेन्ड्र«««ोबियम, टल ग्रास, सिममोडियम, सिलोगाइन लगायत ११ प्रजातिको फूलहरु फेला परेको जनाइएको छ । नेपालभरी ४३७ प्रजातिका अर्किडहरु अभिलेख गरिएका छन् जसमध्ये १८ प्रजाती नेपालमा मात्रै पाइन्छ । एन.सि.डि.सि.इलाम र जिविस इलाम साथै झापा जिल्लाको सहायतामा इलाम जिल्लाको हासपोखरीमा फूलको अध्ययन गरिएको थियो । अहिले जिल्ला वनस्पति कार्यलयले महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामको हर्टिकल्चर तथा फ्लोरी कल्चर अध्यनरत विधार्थीको सहभागिता गराइ १०० बोट खरिद गरी २५ काठको र ७५ ओटा माटोको गमलामा रोपेर परिक्षणको लागी अध्ययन गरीरहेको जिल्ला वनस्पति कार्यलयका कार्यलय प्रमुख कृष्णराम भट्टराईले बताउनु भयो । अर्किड फूलको अध्ययन गर्न निकै गाह्रो हुने कार्यलय प्रमुख कृष्णराम भट्टराईले बताउनु भयो । रोपेको २ अथवा ३ वर्षपछि फूल फूल्ने अर्किड, फूल फूल्ने वनस्पति जगतमा सबै भन्दा ठूलो परिवारको रुपमा रहेको मानिन्छ । विभिन्न खाले आर्कषक फूलहरु फूल्ने अर्किडलाई सजावटका साथसाथै सांस्कृतिक , धार्मिक, खाद्यान्न तथा औषधीको रुपमा समेत प्रयोग गरिने गरिन्छ । बहुउपयोगी फूल मानिने यस फुलको इलाममा ८ प्रजाती फेला परेको साथै यसको मूल्य प्रतिबोट रु ५०० सम्म पर्ने जनाइएको छ ।