अनुदानमा किसानलाई च्यापकटर मेशिन वितरण

img-featured

 
पशुपालन क्षेत्रमा अग्रणी मानिएको इलामको बरबोटे–६ मा रहेको सहयात्री कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानलाई च्यापकटर मेशिन वितरण गरिएको छ । जिल्ला पशुसेवा कार्यालयको एक लाख अनुदान र सहकारीमा आवद्ध किसानको एक लाख ३० हजार सात सय रूपैयाँको लागतमा २० वटा मेशिन खरिद गरि किसानलाई वितरण गरिएको संस्थाका सचिव पशुपति भट्टराईले जानकारी दिनुभयो । 
पशुपालन व्यवसाय गर्दै आएका किसानले उन्नत जातका गाईबाट दैनिक अढाई सय लिटर दुध उत्पादन गरेर दुग्ध विकास संस्था र विभिन्न डेरी उद्योगलाई विक्री गर्दै आएका छन् । 
जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशुविकास अधिकृत पशुपति ढुङ्गानाले सहकारीमा आवद्ध किसानलाई आज च्यापकटर मेशिन प्रदान गर्नुभयो । 
संस्थाका अध्यक्ष लोकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पशुविकास अधिकृत ढुङ्गाना, पशुसेवा अधिकृत धु्रवकुमार यादव, इलाम एफएमका स्टेशन म्यानेजर हेमराज ढकाल, बजार व्यवस्थापक दिवाकर भण्डारी, स्थानीय प्रितम लुईटेल, डम्वरसिंह राई, वडा नं. ६ का वडा नागरिक मञ्चका अध्यक्ष विश्वनाथ भट्टराई, लेखा समिति सदस्य चन्द्रलाल सापकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम सचिव पशुपती भट्टराईले संचालन गन्भएको थियो ।